सडक मर्मतको क्रममा ढुङ्गाले लागेर १ जना मजदुरको मृत्यु

फागुन, ५ काठमाडौं । धर्मदेवी नगरपालिका–२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर १ जना मजदुरको मृत्यु भएको छ।
धर्मदेवी–२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय खड्ग बहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारि दिनुभयो ।
हिजो बेलुकी साढे ४ बजे प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको भित्री सडक खण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय मजदुर लिङ्खाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
उक्त सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुङ्गाले लागेर उनको मृत्यु भएको हो। उनका अनुसार शवको पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी चैनपुर लउाने तयारी भइरहेको प्रहरीले बताएको छ ।