एकीकृत समाजवादीको बैठक बस्दै

फागुन, ६ काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ । एकीकृत समाजवादीले यही फागुन ८ र ९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । उक्त बैठकको एजेण्डा तय गर्न आज स्थायी कमिटीको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ।