७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

फागुन, ६ काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। हिजो तोलामा एक लाख ६८ हजार ७ सयमा कारोबार भएको सुन आज ७ सय रुपैयाँ बढेर एक लाख ६९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भइरहेको महासंघले बताएको छ ।