Yeti Khabar

२०८१ फाल्गुन १३, मंगलवार - Tue Feb, 2025 -

बाँकेमा वन्यजन्तुबाट क्षति बेहोरेका ३७ परिवारलाई राहत वितरण

बाँके – बाँकेमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति बेहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम बाँकेको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई राहत स्वरूप प्रदान गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, बैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शङ्करप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ३६ पशुधन पीडितलाई नौ लाख १२ हजार पाँच सय र एक मानवीय पीडितलाई १० लाख गरी १९ लाख १२ हजार पाँच सय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो ।

यसअघि निकुञ्जमार्फत सङ्घीय सरकारले राहत उपलब्ध गराउँदै आएकामा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० बनेपछि प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउन थालेको हो ।

क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । निर्देशिका अनुसार भैँसी, राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनका आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपैयाँसम्म दिइने व्यवस्था छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com