कञ्चनपुरमा जङ्गली हात्ती मृत

फागुन, ७ काठमाडौं । कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। केही महिनादेखि आतंक मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत भेटिएको हो। लालझाडी गाउँपालिका-४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताएको छ ।
लालझाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि यो क्षेत्रमा खेतीपातीमा नोक्सानी पुर्याउँदै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यो वर्ष २ जनाको मृत्यु भइसकेको छ ।