काभ्रेमा जन्ती पुर्याएर फर्केको बस दुर्घटना

फागुन, ८ काठमाडौं । काभ्रेमा जन्ती पुर्याएर फर्केको बस दुर्घटना भएको छ। तेमाल गाउँपालिका(३ कुन्डोलमा आज बिहान ५स्४० बजे कच्ची घुम्ती सडकमा ना ४ ख ८८१७ नम्बरको बस पल्टिएर दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस धादिङमा जन्ती पुर्याएर फर्कँदै थियो। कच्ची सडकमा मोड्ने क्रममा बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ।