Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

संविधान सभा सदस्य विदुर सापकोटाको निधन

फागुन, ८ काठमाडौँ । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले बताएको छ ।

५९ वर्षीय सापकोटाले नेकपा (एमाले) काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए ।

सापकोटाको पार्थिव शरीर आज पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com