प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै

फागुन, ८ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । उनी पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेका छन्।
पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । बिहान ११ गते पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।