रास्वपाको सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा बस्दै

फागुन, ८ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
बैठकमा समसामयिक र पार्टी गतिविधिको बारेमा छलफल गरिने उनले बताए। त्यस्तै नियमावली र कार्यविधिहरू प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ मा पनि छलफल हुने भएको छ।