बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु

बैतडीको डिलासैनी गाउँपालिका– ३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको लडेर मृत्यु भएको छ। हिजो साँझ शैल्यशिखर नगरपालिका– १ बारिलस्थित घरबाट चौकीमा फर्किने वेलामा भिरालो बाटोमा चिप्लिएर लड्दा उनको मृत्यु भएको स्थानीय लालबहादुर विकले बताए। ‘छोटो बाटो जाँदा गिट्टीमा चिप्लेर लडेछन्।
मृतक खडायतको गाउँ बारिल जान सडक छैन। सडकबाट २० मिनेट भिरको बाटो जाँदा छोटो पर्ने भएकाले घर जान प्रायः त्यही बाटो प्रयोग गर्ने गरेको स्थानीयले बताए । हिजो ५ बजे परिवारसँगै बसेर खाना खाने भनेर चौकीबाट घर हिँडेका खडायत साँझ सात बजे चिप्लेर लडेको खबर आएको सिमार चौकी इन्चार्ज भक्तबहादुर धामीले जानकारि दिए ।