सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छ : उद्योगमन्त्री

फागुन, ८ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन् । फागुन, ८ काठमाडौं । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसदमा प्रवेश पाउने बताए । संसदको अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसदमा प्रवेश पाउनेछन् ।
सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ । उद्योगमन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजीक्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको बताए ।