Yeti Khabar

२०८१ फाल्गुन १०, शनिबार - Sat Feb, 2025 -

श्रीलङ्कामा रेलको ठक्करबाट ६ वटा हात्ती मर्‍याे

श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरेको छ । दुर्घटनामा घाइते भएका २ वटा हात्तीको भने उपचार भइरहेको छ ।

श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने गर्छ । तर यो श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा खराब दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ ।

श्रीलङ्काको वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्याङ्क छ । यसबाहेक गएको वर्ष मानव हात्ती द्वन्द्वमा १ सय ७० भन्दा धेरै मानिसले ज्यान गुमाउँदा  ५ सय वटा हात्ती मरेको थियो ।

वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भएकाले उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको सिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र सिकारीको चोरी सिकारको पनि मारमा परिरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com