धनुषाको सुधार केन्द्रमा युवकको मृत्यु

फागुन, ९ काठमाडौं । धनुषाको एउटा सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ। गणेशमान चारनाथ नगरपालिका(१० डुमरियाका २२ वर्षीय राजकुमार यादवको हिजो साँझ मृत्यु भएको छ।
उनी जनकपुरधान उपमहानगरपालिका-१९ बेंगाशिवपुरस्थित किशोर फाउन्डेशन (सुधारकेन्द्र) दुई महिनादेखि राखिएको थियो। उपचारका क्रममा अस्पताल लैजादैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरूणबहादुर सिंहले बताए ।
यस घटनामा हामीले सुधार केन्द्रदेखि अस्पतालसम्मको तथ्य-प्रमाण जुटाउने काम गरिरहेका छौं, उनले भने, पहिलादेखि बिरामी भएर अस्पतालमा ल्याएको भनिएको छ।