कार र मोटरसाइकल ठोक्किँदा सिन्धुलीमा दुई जना घाइते

फागुन, ९ काठमडौं । सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन्। काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बाएसी १९७९ नम्बरको कार र बर्दिबासबाट काठमाडौं आउँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकल ठोक्किएका छन्।
आज बिहान १० बजे बिपी राजमार्गको गोलन्जोर गाउँपालिका-७ मा कार र मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिलप्रसाद चौरासियाले बताउनुभयो ।
उनका अनुसार मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र उनको पछाडि बस्ने बारा जितपुर(सिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले घाइते भएका छन्।