Yeti Khabar

२०८१ फाल्गुन ११, आईतवार - Sun Feb, 2025 -

सांसद माधव सापकोटाले मागे प्रधानमन्त्रीको राजीनामा

फागुन, ११ काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका छन् ।

सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com