चक्कु प्रहारबाट बर्दियामा एक जना गम्भिर घाइते

फागुन, १२ काठमाडौं । बर्दियामा हिजो राती एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गुलरिया नगरपालिका –८ आशापुरका ५२ वर्षीय दिनदयाल कुर्मीमाथि चक्कु प्रहार भएको छ । घरमा सुतिरहेको अवस्थामा कुर्मीमाथि चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट घाइते कुर्मीको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रहरी नायब निरिक्षक ऋषिराम घर्तीमगरले जानकारि दिए । उनले भने, ‘ गए राति करिब १ बजे कुर्मीमाथी चक्कु प्रहार भएको रहेछ ।