Yeti Khabar

२०८१ फाल्गुन १३, मंगलवार - Tue Feb, 2025 -

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता फेरि शुरू

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि शुरू भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका कारण रोकिएको वार्ता फेरि शुरू गरेको जानकारी दिनुभएको हो ।

स्वतन्त्र व्यापार सम्झौताका लागि बेलायत र भारतबीच सन् २०२२ देखि कैयौँ चरणको वार्ता भए पनि सम्झौता हुन सकेको छैन ।भारतीय सञ्चार माध्यमका अनुसार लेबर पार्टी सत्तामा आएपछि भने बेलायत र भारतबीच एफटीए वार्ता भएको यो पहिलो पटक हो । अब भने वार्ताको सम्झौतामा पुग्नु प्राथमिकता भएको भारतीय  वाणिज्यमन्त्री गोयलले बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि गएको वर्ष नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको जी –२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री कियर स्टाररबीच भएको भेटका क्रममा  एफटीएमा वार्ता पुनः शुरू गर्ने सहमति भएको थियो ।

एफटीए सम्झौतामा दुई देशले उनीहरूबीच व्यापार हुने अधिकांश उत्पादनहरूमा भन्सार महसुल पूरै हटाउने वा केही घटाउने उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com