माओवादी केन्द्रको केन्द्रीय टोली पुग्यो मोरङमा

फागुन, १३ काठमाडौं । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई-मधेश जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका- ६ नर्सरीडाँडास्थित शहीदु लक्ष्मी फुयालको घरमा पुगेर परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेका हुन् ।
सो अवसरमा प्रचण्डले जनयुद्धुका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।
परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको योगदान खेर जान नदिन माओवादीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, शहीदको गाउँमा शहीद पार्क बनाउनुपर्ने सुझाव दिएका प्रचण्डको सचिवालयले बताए ।