प्रहरीले गोली चलाएको भन्दै सांसद अमरेशकुमारले मागे सरकारको जवाफ

फागुन, १३ काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले नवलपरासी पश्चिमको गुलावपुर भन्ने स्थानमा दुई धार्मिक समुदायबिच झडप भएको र सो क्रममा प्रहरीले गोली चलाएको बताए । झडपका क्रममा प्रहरीको गाडी जलाएको र प्रहरीले झडप रोक्न ४ राउन्ड गोली फायर गरेको सिंहले बताए ।