Yeti Khabar

२०८१ फाल्गुन १४, बुधबार - Wed Feb, 2025 -

अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो

अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई उद्धृत गरी समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

फराहमा असिनाका कारण ६ जना घाइते भएका विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले जानकारी दिनुभएको छ । असिना परेर ज्यान गुमाउने र घाइते हुनेहरु पिकनिकमा गएका दुई परिवारका सदस्य रहेका छन् । त्यस्तै कान्दाहारमा ठूलो वर्षा भएपछि महिला र बालबालिकासहित आठ जनाको ज्यान गएको हो ।

अफगानिस्तान जलवायु परिवर्तनको चपेटामा परेको र चरम मौसमी घटना बढ्दै गएका विज्ञले बताएका छन । अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com