नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्ने

फागुन,१४ काठडमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न एजेण्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताए ।
उनका अनुसार बैठक फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेछ । बैठकका एजेण्डा तय गर्न शनिबार केन्द्रीय कार्यालय बैठक बस्ने उनले बताए ।