Yeti Khabar

२०८२ बैशाख २, मंगलवार - Tue Apr, 2025 -

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । उहाँँले कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गर्नुभएको हो ।

अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसूलको आफूले दृढताका साथ अनि तत्कालै प्रतिक्रिया जनाउने ईयूले भनेको छ ।बैठकमा ट्रम्पले मेक्सिको र क्यानडामाथि अहिले रोक्का रहेको अतिरिक्त महसूल फेरि केही समयलाई रोक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

यसमा समयसीमा तोकिएको भए पनि ट्रम्पले आउने दिनमा सीमा सुरक्षामा मेक्सिको र क्यानडाले चाल्ने कदमहरू हेरेर यसमाथि पुनर्विचार गर्ने बताइएको छ ।

अहिले युरोपियन देशले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसूल लगाएका छन् ।  यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रुवाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com