सिन्धुपाल्चोकमा भूकम्प : भागदौड गर्दा एक प्रहरी घाइते

फागुन, १६ काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएपछि भागदौड गर्दा धादिङमा एक प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी जवान आकाश रेग्मी रहेका छन् । भाग्ने क्रममा ब्यारेकको कोठाको भित्तामा ठोक्किएर उनी घाइते भएका हुन् ।
उनको नाकको हड्डी र अगाडिको १ वटा दाँत भाँचिएको छ । स्थानीय गजुरी अस्पतालमा उपचार गराएर उनी डिस्चार्ज भएका छन् । आज बिहानीपख २ः५१ बजे भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।