Yeti Khabar

२०८१ चैत्र ६, बुधबार - Wed Mar, 2025 -

हमासको शक्तिलाई कम आँक्दा अक्टोबर ७ मा इजरायलमा आक्रमण : रिपोर्ट

इजरायली सेनाले आफ्नो गलत अनुमानका कारण सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आतङ्कवादी हमला गरेको दाबी गरेको छ । इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको बारेमा पहिलो रिपोर्ट प्रकाशित गर्दै घटनाबारेमा जानकारी गराएको बीबीसीले जनाएको छ ।

यो प्रतिवेदनमा इजरायली रक्षा बल (आईडीएफ) इजरायलका नागरिकको सुरक्षा गर्ने आफ्नो मिसनमा असफल भएको उल्लेख छ । १९ पृष्ठको प्रतिवेदनमा पहिले नै थाहा भइसकेको धेरै कुराहरू समावेश छन् । इजरायली सेनाले हमासको क्षमतालाई कम आँकलन गरेको खबरमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार इजरायली सेनाले हमासले गाजामा मात्र शासन गर्न चाहेको मूल्याङ्कन गरेको थियो । आफूसँग लड्नु हमासको उद्देश्य नभएर आँकलन गर्नु इजरायली सेनाले गल्ती भएको प्रतिवेदनमा उल्लेख छ ।

यो प्रतिवेदनपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि हमलाअघि लिएका राजनीतिक निर्णयहरूको छानबिन गर्न दबाव पर्ने अनुमान गरिएको छ ।

हमास र अन्य प्यालेस्टिनी समूहहरूबाट झन्डै पाँच हजार जना बन्दुकधारीले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।

यो आक्रमणपछि इजरायलले गाजामा कारबाही गरेको थियो । इजरायली आक्रमणका कारण गाजाबाट २१ लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका थिए भने ४० हजार जनाभन्दा धेरैको ज्यान गएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com