Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो

अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् । तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताउनुभएको छ ।

युक्रोन पीडित रहेको स्पष्ट हुँदाहुँदै पनि रुसबाट हुने आक्रमणबाट जोगिन र आफ्नो भूमिको रक्षा गर्न यसले चाल्ने कदममा अमेरिकाले रक्षात्मक सहयोग गर्नुपर्नेमा उल्टो सहयोग कटौती गर्नु अचम्मको कुरा भएको उहाँको प्रतिक्रिया छ । यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले  रूससँगको युद्ध अन्त्य हुने कुरा  धेरै टाढा रहेको बताएकामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रोनको आलोचना गर्नुभएको थियो ।

यसैबीच बेलायतका प्रधानमन्त्री केयर स्टारमरले युद्ध अन्त्य गर्न र रूसबाट युक्रेनलाई जोगाउन युरोपेली देशसँग छलफल गरेर चार–बुँदे योजना घोषणा गर्नुभएको थियो । तर युरोपेली नेताहरूले अमेरिकी सहयोगविना युक्रेनमा शान्तिको सुनिश्चितता गर्न नसकिने सुझाव दिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com