ब्राउन सुगरसहित २ जना पक्राउ

फागुन, २० काठमाडौं । मोटरसाइकलको हेलमेटभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– २ ठउरीका २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ वर्षीय रामचन्द्र थापा बर्दियामा पक्राउ परेका छन्।
बर्दियाका प्रहरी प्रवक्ता ऋषिराम घर्ती मगरका अनुसार उनीहरू दुबै जनालाई हिजो दिउँसो जिल्लाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोष्ट भन्दा केही उत्तर पश्चिमको गहुँबारीबाट पक्राउ गरिएको छ।
छिमेकी देश भारतबाट नेपालतर्फ लागुऔषध बोकेर फर्किरहेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी प्रहरी चौकी कालिकाबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।