Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा युवा मृत फेला

फागुन, २१ काठमाडौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा पर्ने सान्थाका-थुकिमा सडक खण्डमा एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार अन्दाजी १७-१८ वर्षीय युवा मृत अवस्थामा भेटिएका छन्।

उनको पहिचान नखुलेको प्रहरीले बताएको छ। प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको र घटनास्थल पुगेपछि मात्र विस्तृत विवरण आउने प्रहरीले बताएको छ। घटना शंकास्पद रहेको आधारमा प्रहरीले अनुसन्धान समेत सुरु गरेको समेत प्रहरी निरीक्षक बस्नेतले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com