Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

राप्रपाको मोटरसाइकल र्‍याली

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको प्रदर्शनका कारण काठमाडौं चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक) भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् ।

लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरुलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको थियो । राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्‍याली आयोजना गरेको छ । कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्‍यालीका सहभागीहरु बिजुलीबजारमा जम्मा भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com