Yeti Khabar

२०८१ चैत्र २७, बुधबार - Wed Apr, 2025 - १५ : ०७ : ११

कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनमा शून्य नम्बर दिएको विषयले तात्यो संसद

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको विषय प्रतिनिधिसभामा प्रवेश भएको छ । बुधबार बसेको संसद बैठकमा प्रतिपक्षी दलहरूले यो विषय संसदमा उठाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको बारेमा प्रश्न उठायो । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यसबारेमा सभामुखमार्फत रुलिङ गर्नुपर्ने माग गरे ।

‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र मूल्यांकनमा शून्य अंक आएको सुनेका छौँ,’ उनले भने, ‘सरकारले उठाइरहेको विषयवस्तुलाई बेवास्ता गरेर जसले राम्रो काम गरेको छ, नाफामा लगेका छ, उसैलाई शून्य अंक दिइएको छ, यो के हो ?’

उनले सरकार बिचौलियाको पक्षमा रहेको पनि बताए । कुलमानलाई नहटाउन गम्भीर खबरदारी गर्ने पाण्डेले बताए । सभामुखबाट रुलिङ नभएसम्म विरोध जारी राख्ने उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो विषय सदनमा उठाएको छ । रास्वपा सांसद मनिष झाले सरकारले घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने चेतावनी दिए । ‘कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेहरूलाई मूल्याङ्कन शून्यमा गर्छौं । विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाइनँ भनेर निष्कासनको बहानाबाजी गरिरहेका छौँ । प्रपञ्च सिर्जना गरिरहेका छौँ,’ झाले भने, ‘खबरदार भन्न चाहन्छौँ । एउटा कुलमान लखेट्यौ भने हजारौँ कुलमान लिएर आउँछौँ ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि यो विषय संसदमा उठाए । उनले घिसिङलाई शून्य नम्बर दिएको उल्लेख गर्दै उनलाई हटाए सडक र सदन दुवैबाट आवाज उठाउने चेतावनी दिए ।

‘अन्धकार नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने रे । उहाँहरूको बहस चल्ने हो भने त भोलि फेल हुनेलाई पास पास हुनेलाई फेल, यो कस्तो हो ?’ शाहीले भने, ‘कुलमान घिसिङलाई हटाउने प्रपञ्च यहाँ गरिँदै छ । मन्त्रिपरिषद्को निर्णय हुँदै छ भन्ने सुनिँदै छ । यदि हटाइयो भने सदन र सडक दुवैबाट आवाज उठ्छ ।’शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com