Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकबीच झडप

सिरियाको राजधानी दमास्कसमा नयाँ सरकार समर्थक सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकहरूबीच झडप भएको छ । सिरियाकोे उत्तरपश्चिमी तटीय क्षेत्रमा रुस नियन्त्रित एयरबेस नजिकै लताकिया प्रान्तमा भएको झडप भएको हो ।

गएको डिसेम्बरमा बसर अल–असदको सरकार ढलेपछि सिरियाको इस्लामिक सरकारसँग सम्बन्धित सेनाहरूसँगको यो सबैभन्दा हिंस्रक झडप भएको बीबीसीले जनाएको छ ।

गएराति भएको झडपमा कयौँ मनिसको हताहती भएको खबर छ  तर यकिन तथ्याङ्क भने पुष्टि भएको छैन । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार झडपका क्रममा सेनाको आक्रमणमा परेर झण्डै ७० जना पूर्व सरकारी लडाकूहरू मारिएका छन् । २५ जनाभन्दा धेरै मानिस पक्राउ परेका छन्  ।

एएफपीले भने एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै १६ सरकारी सुरक्षाकर्मी, २८ असाद समर्थक र चार सर्वसाधारणसहित ४८ जनाको ज्यान गएको उल्लेख गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com