प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

फागुन, २५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन आज सुदूरपश्चिम जान लागेका छन्।
आज बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दिक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् भने त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले बताएको छ ।