Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

पढ्नैका लागि भागेर विदेश गएका अफगानी महिला अमेरिकी सहयोग रोकिएपछि समस्यामा

तालिबानबाट भागेर उच्च शिक्षाका लागि ओमान पुगेका ८० जनाभन्दा धेरै अफगानी महिला समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता रोकेपछि आफूहरू स्वदेश फर्कनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

तालिबानको प्रतिबन्धका बीच शिक्षाकै लागि भागेका उनीहरू स्वदेश फर्किएमा सुरक्षित नहुने र पढाइसमेत रोकिने चिन्तामा छन् । उनीहरूले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को छात्रवृत्तिमा अध्ययन गरिरहेका थिए । तर सहयोग रोकिएपछि आफूहरूलाई दुई हप्ताभित्र फिर्ता पठाउने जानकारी आएको एक विद्यार्थीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनीहरूले आफूहरूको सुरक्षा र शिक्षाको निरन्तरताका लागि तत्काल व्यवस्थासहित सुरक्षा दिनसक्ने देशमा पुनर्वासको माग गरेका छन् । झन्डै चार वर्षअघि पुनः सत्तामा फर्किएपछि तालिबानले अफगानिस्तानमा महिलाहरूमाथि कठोर प्रतिबन्ध लगाएको छ जसमा उनीहरूलाई विश्वविद्यालयबाट प्रतिबन्ध लगाउनु पनि समावेश छ ।

ट्रम्प प्रशासनको सहायता रोक्काले कानूनी अवरोधहरूको सामना गर्नुपरेको छ तर ह्वाइट हाउसले यूएसएआईडीलाई खारेज गर्दै दशौं अर्ब डलरको खर्च कटौती गरेपछि विश्वभर हजारौं मानवीय कार्यक्रमहरू पहिले नै समाप्त भइसकेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com