रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न गए कास्की

फागुन, २५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न कास्की गएका छन्। उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले बताएको छ। रविसँग उनकी श्रीमती निकिता पौडेल पनि गएकी छन्।
कास्कीबाट उनी सिधै रुपन्देही जानेछन्। सोमबार रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्ने बताइएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन्।