Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

काग्रेसको मुख्यलयमा शिक्षकले आज धर्ना दिने

फागुन, २७ काठमाडौं । विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन्। चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले बताएको छ। जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ। सरकारसँग कुनै नयाँ सहमति नगर्ने भन्दै यसअघि भएका सहमति कार्यान्वयनमा उनीहरुले दबाव दिनेछन्। महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनीसमेत दिदै आएको छ।

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ। त्यसैगरी भोलि नेकपा एमालेको केन्द्रीय कार्यालय, चैत १ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने घिमिरेले जानकारि दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com