जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२७ फागुन, काठमाडौं । जंगली हात्तीको आक्रमणबाट मोरङको लेटाङमा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए ।
फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी गर्दा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जंगलमा राति ९ बजेतिर मृत फेला परेका थिए ।प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको देखिएको थियो ।