राजावादीहरूको चहलपहल बढिरहेको छ : प्रचण्ड

फागुन, २७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका छन्। राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ। यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए।