Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

बाँकेकाे कोहलपुरमा विपन्न समुदायका लागि नमूना बस्ती निर्माण

बाँके – बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि ४० लाख रुपैयाँको लागतमा नमूना बस्ती निर्माण शुरू भएको छ । कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो ।

नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षाैंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउने छन् ।

नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताउनुभयो । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण शुरू गरिएको उहाँले बताउनुभयो ।

समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ ।हवल्दारपुरमा झन्डै ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको छ । आठ वटा घरका लागि शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने छ ।

सामाजिक अभियन्ता एलबी कार्कीले आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी काम शुरू गरिएको बताउनुभयो । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ ।

वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुशी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था बेहोर्नुपरेको मोलहे खटिकले दुखेसो सुनाउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com