सुनको मूल्य हालसम्मकै उच्च

चैत्र, १ काठमाडौं ।आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज एकैपटक तोलामा चार हजार रुपैयाँले सुनको मूल्य बढेको हो। नयाँ रेकर्ड अनुसार सुन तोलाको झण्डै पौने २ लाख रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा चार हजार बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्यको मूल्य पनि बढेको छ।