Yeti Khabar

२०८१ चैत्र १, शुक्रबार - Fri Mar, 2025 -

शिक्षकहरुले दिए माओवादी पार्टी कार्यालयमा धर्ना

चैत्र, १ काठमाडौँ । शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ। आज चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ। शिक्षक, कर्मचारीहरूले अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्।

धर्ना कार्यक्रमपछि रिले अनशनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ। उनीहरूले चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन सरकारसँग माग गरेका छन्। शिक्षक महासंघले स्थायी नियुक्ति, बढुवा, सेवा सुविधामा सुधार र पेशागत सुरक्षाका माग पूरा नभएको भन्दै माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com