धनगढीमा ग्यास सिलिन्डर पड्किदाँ तीन जना घाइते

चैत्र, ३ काठमाडौं । धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
सिलिन्डर पड्किंदा खड्कासहित ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्।