एमालेको सचिवालय बैठक आज बस्दै

चैत्र, ४ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको छ। बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले बताएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसारबैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ।