Yeti Khabar

२०८१ चैत्र ५, मंगलवार - Tue Mar, 2025 -

अमेरिकाले भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला गर्‍यो

अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ । आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत भेनेजुएलाको आपराधिक गिरोह ट्रेन डे अरागुआका दुई सय ३८ सदस्यहरूमध्ये अमेरिकी देश एल साल्भाडोर आइपुगेका बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी सरकार र एल साल्भाडोरले बन्दीहरूको पहिचान गरेका छैनन् भने उनीहरुको अपराध के हो वा कस्तो गिरोहका सदस्य हुन् भन्नेबारे पनि केही खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्प प्रशासनलाई उनीहरुको देश निकाला जायज नभएको भन्दै एक सङ्घीय न्यायाधीशको आदेश आएको भए पनि कैदीबन्दी बोकेका उडानहरू पहिले नै प्रस्थान गरिसकेका थिए ।

ह्वाइट हाउसका अनुसार भेनेजुयलाका आपराधिक गिरोहले अमेरिकी नागरिक जोखिममा रहेका तर अब कुनै खतरा नभएको बताएको छ । ट्रम्पले अस्ति शनिवार ट्रेन डे अरागुआ गिरोहले अमेरिका विरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको भन्दै यसमा आवद्ध सदस्यहरुलाई  देश निकाला गर्ने घोषणा गर्नुभएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com