मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु

चैत्र, ५ काठमाडौं । मोरङको धनपालथाल गाउँपालिकामा आज दिउँसो भएको आगलागीमा परेर १ बालिकाको मृत्यु भएको छ। १२ घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले बताए अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती क्षेत्र कदमाहामा आज दिउँसो आगलागी भएको हो।
त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको छ। स्थानीय मोहम्मद हनिफकी छोरी तीन वर्षीया रेश्मा खातुनको मृत्यु भएको छ। ‘दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।