Yeti Khabar

२०८१ चैत्र २५, सोमबार - Mon Apr, 2025 - ६ : ५९ : ४२

सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोगको लागि सिफारिश समितिले काम थाल्यो

काठमाण्डौ – सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिश समितिले काम थालेको छ ।

समितिको हिजो पूर्ण बैठक बसेर काम शुरू भएको सिफारिश समितिका सदस्य एवम् प्रवक्ता डा.लीली थापाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को यही चैत ११ को बैठकले सिफारिश समिति गठन गरेको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिश समिति गठन भएको हो ।

सिफारिश समितिले दुई महिनाभित्र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिश गर्ने जिम्मेवारी पाएको छ ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा.लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी दिइएको छ ।   रासस   

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com