Yeti Khabar

२०८१ चैत्र २५, सोमबार - Mon Apr, 2025 -

आज विश्व स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

चैत्र, २५ काठमाण्डौ । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

यो वर्षको नारा ‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ रहेको छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

स्वस्थ शुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।

यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com