Yeti Khabar

२०८१ चैत्र २५, सोमबार - Mon Apr, 2025 -

शिक्षकहरूले आजदेखि शैक्षिक हड्ताल गर्दै

चैत्र, २५ काठमाडौं । आजदेखि शिक्षकहरूले शैक्षिक हड्ताल गर्नेभएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूले आजदेखि आन्दोलन थप सशक्त बनाउन लागेका छन्।

आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारीमा महासंघले आह्वान गरेको छ।

विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप चर्काउने महासंघको घोषणामा विभिन्न राजनीतिक दल निकट १५ शिक्षक संगठनले पनि ऐक्यबद्धता जनाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com