सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

चैत, २५ काठमाडौं । आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । हिजो तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।
चैत २१ गते लगातार बढेको सुनको मूूल्य तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । हिजो तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।