Yeti Khabar

२०८१ चैत्र २५, सोमबार - Mon Apr, 2025 -

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस क्षेत्रको आगो भने एक घण्टामै निभाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।  दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भइरहेको छ ।

तीव्र हावा र सुक्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ । आगलाीमा परेर अहिलेसम्म पाइलटसहित ३१ जनाको ज्यान गएको छ । यो दुर्घटना कोरियाका अग्नि नियन्त्रण अधिकारीहरूका लागि ठूलो धक्का भएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com