Yeti Khabar

२०८१ चैत्र ३१, आईतवार - Sun Apr, 2025 -

अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना स्पेनी पर्यटकको ज्यान गयो

अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक जना पाइलट थिए ।

दुर्घटनामा ज्यान गुमाउने स्पेनी पर्यटकका परिवार सम्पर्कमा आएपछि मात्र मृतक सबैको पहिचान खुलाउने न्युयोर्कको प्रहरी अधिकारीले बताएका छन् ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । दुर्घटनाबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा हेलिकप्टर आकाशबाट उल्टो परेर खस्दै हडसन नदीमा झरेको  देखिन्छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com