दुर्गा प्रसाईका अंगरक्षक दीपक खड्का पनि पक्राउ

चैत्र, २९ काठमाडौँ । प्रहरीले दुर्गा प्रसाइका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ ।
दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले बताए । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरेको छ ।